कालेबुङका सुकराज सुब्बाले समाए हाम्रो पार्टी-को झण्डा

दार्जिलिङ : गत जीटीए सभाको चुनाउमा कालेबुङको 42 नम्बर समष्टिबाट निर्दलीय उम्मेद्वारको रूपमा चुनावी मैदानमा ओर्लिएका सुकराज सुब्बा हाम्रो पार्टीमा सामेल भए। चुनाउ परिणाम जे जस्तो भएता पनि सुकराज सुब्बाले हाम्रो पार्टीको सोच र विचारलाई अन्तरात्माबाट मन पराएर हाम्रो पार्टीमा सामेल भएको कुरा बताएका छन्। हाल कालेबुङ भ्रमणमा रहेका हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आज सुकराज सुब्बालाई खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए। यस सन्दर्भमा कालेबुङ ब्राञ्च वान-को हाम्रो पार्टी उपाध्यक्ष पिटर लेप्चाले बताए अनुसार गत जीटीए सभाको चुनाउमा आफुले हाम्रो पार्टीको उम्मेद्वारको रूपमा अनि सुकराज सुब्बा निर्दलीय उम्मेद्वारको रूपमा एउटै समष्टिमा चुनावी प्रतिद्वन्दिता गरेका थिए। तिनले अझ भने, चुनाउ अवधि आ-आफ्नै प्रकारले चुनाउ लडे तापनि आज आएर सुकराज सुब्बा दाजुले हाम्रो पार्टीको सोच र विचारलाई मनभित्रैबाट मन पराएर पार्टीमा सामेल हुने ईच्छा जताएपछि आज तिनी हाम्रो पार्टीमा सामेल भएका छन्। अर्कोतिर, सुकराज सुब्बाले हामी दुई दाजु-भाइ हौ अनि हामीले हाम्रो क्षेत्र, हाम्रो जिल्ला साथै हाम्रो समष्टिको हितमा केही राम्रा-राम्रा कामहरू गर्न सकौ भन्ने सोच राखेर आफु हाम्रो पार्टीमा सामेल भएको हो भन्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *