कालेबुङकी डिना राई दादा साहेब फाल्गे अवार्ड 2021 द्वारा सम्मानित

कालेबुङ: कालेबुङ निवासी डिना राईलाई तिनले दिएको सामाजिक योगदानको कदर गर्दै दादा साहेब फाल्गे अवार्ड 2021 द्वारा सम्मानित गरिएको छ। तिनी एकजना सामाजिक कार्यकर्ता, शिक्षाको क्षेत्रमा सचेतक अनि नारी सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गर्ने एक अग्रज महिला हुन्। विभिन्न सामाजिक संस्थाहरूमा संलग्न रहेकी तथा स्वनिर्भर समूहहरूद्वारा समाजलाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेकी डिना राई आइकोनिक इन्टरनेशनल हुमन अवार्ड 2021द्वारा सम्मानित बनेकी छन्। विभिन्न 50 वटा देशका महिलाहरूलाई यस पुरस्कारद्वारा सम्मान जनाइएको थियो। फिलिपिन, जर्मनी, क्यानाडा, अमेरिका, स्पेन आदि देशका प्रतिनिधिहरूले पाएको यस उत्कृष्ट पुरस्कारको लहरमा कालेबुङको ग्रामीण क्षेत्र कमसीबाट डिना राईले यो पुरस्कार जित्नु भनेको कालेबुङ मात्र होइन, राज्य र राष्ट्रकै निम्ति ठूलो उपलब्धि हो। तिनको समाजप्रतिको योगदान, नारी शिक्षा र सशक्तिकरणमा दिएको योगदानको यसरी कदर हुनु हाम्रो निम्ति ठूलो उपलब्धि हो भन्दै पर्यावरण-चेतना पत्रिकाका सम्पादक भुवन पी. खनालले जानकारी दिँदै तिनलाई बधाई दिएका छन्। उक्त सम्मानको लागि तिनका गाउँले तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले पनि डिना राईलाई बधाई दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *