कालेबुङको 15 नम्बर वार्डबाट 32 परिवार गोजमुमो बिमल खेमामा सामेल

कालेबुङ : कालेबुङ जिल्ला अन्तर्गत पर्ने 35 नम्बर समष्टि कालेबुङ नगरपालिकाको वार्ड नम्बर 15 बाट युवा मोर्चा तथा नारी मोर्चाले वार्डका युवा नेतृत्व अभिषेक मोथेको अगुवाईमा 32 परिवार गोजमुमो 2 छोडेर बिमल खेमामा सामेल भएका छन्। एउटा कार्यक्रमबीच आज दलमा सामेल हुने 32 परिवारलाई पार्टीका शीर्ष नेतृत्वहरू दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। उक्त समर्थन कार्यक्रममा जिल्ला समिति युवा मोर्चा महासचिव बालकृष्ण थापा, 35 नम्बर समष्टि संयोजक दिप थापा, उपाध्यक्ष अनिल दर्नाल, उपाध्यक्ष अजित रोका, 15 नम्बर वार्डका युवा नेतृत्व अभिषेक मोथे लगायत 15 नम्बर वारडका युवाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *