कालेबुङको 38 नम्बर समष्टिको लिङ्गसेमा बिमल खेमाको सभा

कालेबुङ: कालेबुङ खण्ड दुई अन्तर्गत 38 नम्बर समष्टिको गोजमुमो (बिमल खेमा) लिङ्गसे ग्राम पञ्चायत आञ्चलिक समितिको आयोजनामा दबाई पानी, तागाथाग, लिंगसे गाउँका प्रतिनिधिहरुको उपस्थितिमा सभा सम्पन्न गरियो। छत्रपति ढकालको सभापतित्वमा सम्पन्न भएको पार्टीको सांगठनिक सभामा पार्टी अध्यक्ष बिमल गुरुङ लगायत समस्त विस्थापित अनि समर्थकहरु फर्किँदा तिनीहरूलाई स्वागत गरिनेबारे चर्चा गरियो। यस अवसरमा कालेबुङ 38 लाभा लिङ्गसेका पूर्व सभासद एवं वर्तमान समष्टि संयोजक सीपी पौड्यालले वर्तमान पहाडको राजनैतिक परिवेशबारे जानकारी गराउँदै पार्टी अध्यक्ष बिमल गुरुङ पहाड फर्किनु किन अनिवार्य रहेको छ साथै तिनको आगमनमा कसरी स्वागत गरिने भन्ने विषयमा विस्तारपूर्वक उपस्थित पार्टीका समर्थकहरूलाई जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *