कालेबुङको भालुखोपमा बनाइएको विद्युतीय शवगृह चाँडै सञ्चालन हुने : रूदेन सादा लेप्चा

कालेबुङ : कोरोनाको कारणले मृत्यु भइरहेको मानिसहरूको शव जलाउन समस्या देखापरेपछि कालेबुङको भालुखोपमा बनाइएको एउटा विद्युतीय शवगृह अब चाँडै सञ्चालनमा आउने भएको छ। उक्त विद्युतीय शवगृह कालेबुङका विधायक रूदेन सादा लेप्चाले आफ्नै नीजि पहलमा जनप्रतिनिधि हुन अगावै निर्माण कार्य शुरू गरेको बताइएको छ। तिनले दिएको जानकारीअनुसार मानिसहरूको सुविधाको निम्ति अघिबाटै जनप्रतिनिधि नभएको समयमा नै आफ्नै पहलमा कालेबुङको भालुखोप क्षेत्रमा आधुनिक ढाँचाको विद्युतीय शवगृह निर्माणको पहल गरेको हो। सोही अनुसार शवगृह निर्माण भइसकेको अनि त्यसलाई कालेबुङ नगरपालिका समक्ष हस्तानन्तरण गरिसकेको तिनले जानकारी दिएका छन्। केही तक्निकी कारणले गर्दा हालसम्म सञ्चालनमा नआए तापनि अबको केही दिन भित्रमै यो शवगृह सञ्चालनमा आउने तिनले बताएका छन्। तिनले अझ भने, जनताको सुरक्षा र सुविधाको निम्ति हामीले अघिबाट नै यसरी कार्य गरिसकेका छौँ। यसप्रकारको कार्य गर्नलाई कुनै विधायक अथवा निर्वाचित प्रतिनिधि पर्खिरहनुभन्दा जनताको समस्या र सङ्कटकालीन अवस्थालाई हेरेर अघिबाट नै यो शवगृह निर्माण गरिएको हो। नयाँ कुरा खोज्नु मात्र होइन, उपलब्ध भएको चीजहरूलाई प्रयोगमा ल्याउनु अति उत्तम हो। स्मरण रहोस्, किशोर प्रधानले सांसद अथवा कालेबुङको विधायकले शव जलाउने विद्यीत केन्द्रको निर्माण गर्नुपर्ने सामाजिक सञ्जालमार्फत् माग गरेको प्रतिउत्तरमा नवनिर्वाचित विधायक रूदेन सादा लेप्चाले यसबारे जानकारी गराएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *