कालेबुङको भालुखोप र होम्स्-मा घरहरू पैह्रोको चपेटमा, तीनजना घाइते

कालेबुङ : गत राति परेको हात्ती सुँढे वर्षाको कारण कालेबुङ जिल्लाको धेरैवटा ठाउँहरूमा पैह्रो जानको साथै सडकहरू भत्किएको जानकारी प्राप्त भएको छ। यसको साथै धेरै ठाउँहरूमा पैह्रोले रुखपात बगाएर लैजानको साथै केही घरहरूलाई पनि क्षति पुर्‍याएको छ। यसै क्रममा कालेबुङ भालुखोप अनि होम्स् ग्राम पञ्चायत एरियामा पनि गत राति परेको पानीले तीनवटा घरलाई क्षति पुर्‍याएको छ।


यसको साथै पैह्रो गएर तीनजना घाइते भएका छन्। घाइतेहरूलाई कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ। परिस्थितिलाई ध्यानमा राखेर महाकाल डाँडा चिसो पानी क्षेत्रका 22 परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *