कालेबुङको डम्बरचोकमा सडक नाटकमार्फत् सडक सुरक्षाबारे सचेतना

कालेबुङ : कालेबुङका बासिन्दाहरूलाई सडक दुर्घटनाबाट कसरी बाँच्ने तथा वाहन चालकहरूले सडक दुर्घटनाबाट जोगिन के-कस्ता विषयहरूलाई ध्यान दिनुपर्ने भन्ने बारे आज कालेबुङ सहरमा मानिसहरूलाई सडक नाटकको मार्फत् अवगत गराइयो। कालेबुङ जिल्ला पुलिसको आयोजनामा आज जनसाधारण तथा चालकहरूलाई सडक सुरक्षा विषयमा सचेत गराउन 32औँ मासिक सचेतनामूलक कार्यक्रम यहाँको डम्बर चोकमा सम्पन्न गरियो। कार्यक्रममा चर्चित भानुपाला टोलीद्वारा सडक नाटक एवम् जागरण गीतहरू प्रस्तुत गरिएको थियो। यस अवसरमा विभिन्न जागरण गीतहरूको माध्यमद्वारा पनि मानिसहरूलाई ट्राफिक नियम पालन गर्ने तथा ट्राफिक पुलिसलाई सहयोग पुर्‍याउने सबैलाई आहवान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *