कालेबुङको कागे गाउँबाट गोजमुमो र भाजपा त्यागेर 20 परिवार विनय खेमामा सामेल

कालेबुङ: गोजमुमो अध्यक्ष बिमल गुरुङ अनि भाजपा पार्टीले जहिले पनि गोर्खाहरुको भावनासँग खेलवाड गरेको आरोप लगाउँदै कालेबुङ खण्ड दुई-को 38 नम्बर समष्टि अन्तर्गत लोवर बीच कागे गाउँबाट मोर्चा (बिमल खेमा) अनि भाजपाका 20 परिवार गोजमुमो विनय खेमामा सामेल भएका छन्। भारतीय जनता पार्टी अनि गोजमुमो बिमल समूहले जनजातिको मुद्दालाई फत्ते गर्न नसकेको तथा गोर्खाल्यान्डको मुद्दालाई पनि पार नलगाएको कारण आफूहरू निराश बनेको बताउँदै बीच कागे क्षेत्रका गोजमुमो विमल समूह अनि भाजपा समर्थकहरूले आफूहरूले समर्थन गरेको दलले पहाडमा केवल ढाँटको राजनीति मात्र गरिरहेको कारण दल त्याग गरेको बताए। यसरी गोजमुमो विनय समूह अनि जीटीएले पहाडमा विकासको निम्ति धेरै कार्य गरिरहेको कारण अबउसो `नयाँ सोँच अनि नयाँ विचार´ लाई आत्मसात् गर्दै गोजमुमो विनय समूहमा सामेल भएको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *