कालेबुङको पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गरे बिमल गुरूङले

कालेबुङ : कालेबुङ जिल्लाको 34 नम्बर समष्टि अन्तर्गत पर्ने भालुखोप क्षेत्रमा पैह्रोले पुर्‍याएको क्षतिबारे जानकारी लिन गोजमुमो अध्यक्ष बिमल गुरूङले आज पैह्रो प्रभावित ठाउँहरूको भ्रमण गरे। यस विपदमा परेका मानिसहरूको साथमा उभिनु आफ्नो परम कर्तव्य हो भन्दै बिमल गुरूङले विपदमा परेका पैह्रो पीडित परिवारका सदस्यहरूसित भेट गरेर तिनीहरूको समस्याबारे जानकारी लिए।


यसको साथै तिनले आफ्नो तर्फबाट हुनसक्ने सबै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै पैह्रो प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकता राखेर सम्बन्धित विभाग तथा कालेबुङ नगरपालिकाले काम गर्नुपर्छ भनी तिनले जनाए। यसको साथै कालेबुङको विभिन्न पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि यस विषयमा उच्च तहमा सम्बन्धित अधिकारीहरूसित यी सबै विषयलाई लिएर कुरा राख्ने गुरूङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *