कालेबुङको पाराग्लाइडिङ भोलिदेखि पुन: सञ्चालन हुने

कालेबुङ: राज्य सरकारको निर्देश अनुसार कोभिडले गर्दा बन्द भएको कालेबुङको पाराग्लाइडिङ पुन: सञ्चालनमा आउने भएको छ। कालेबुङ पाराग्ल्याइडिङ एसोसिएसनका सभापति प्रशान्त राणाले दिएको जानकारी अनुसार 3 फरवरी बिहीबारदेखि डेलो कालेबुङमा पुनः पाराग्लाइडिङ सञ्चालनमा आउने भएको छ।


राज्य सरकारद्वारा जारी सबै निर्देशहरूलाई पालन गर्नको साथै कोरोनालाई लिएर जारी प्रोटकललाई पनि ध्यानमा राखेर पाराग्ल्याइडिङ परिसेवा पुन: सुरू गरिनेबारे सम्पूर्ण तयारी पूरा भइसकेको कुरा आज एसोसिएसनका सभापति प्रशान्त राणाले पत्रकारहरूलाई बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *