कालेबुङको पार्टी कार्यालय तोडफोड गरेकोमा मङपु-लाब्दा समष्टिको घोर भर्त्सना

मङपु: कालेबुङ पार्टी कार्यालय गत राति तोडफोड गरिएको घटनालाई लिएर गोर्खा जनमुक्ति मोर्चा बिनय खेमा मङपु लाब्दा समष्टिद्वारा घोर भर्त्सना गरिएको छ। आज स्थानीय पार्टी कार्यालयमा एउटा सभाको आयोजना गरेर पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो कार्यकारिणी उपसभापति सुदेश थापाले पहाडको शान्ति श्रृङ्खलालाई असमाजिक तत्वहरुले भङ्ग गर्ने कोशिश गर्दै पार्टी कार्यालय तोडफोड गरेको बताए। उक्त घटनाको गोजमुमो बिनय खेमा मङपु लाब्दा समष्टि पार्टी कार्यकर्ताहरुले घोर भर्त्सना जनाउँदछ भनी तिनले बताए। उक्त घट्नामा जडित दोषीहरुलाई यथाशिघ्र कानुनी कार्वाही हुनुपर्ने सहसचिव सुदेश थापाले माग गरेका छन्। सभामा गोजमुमो मङपु लाब्दा समष्टि सचिव गगन राई, नारी मोर्चा सभापति बुनु थापा, सचिवा सुर्यमणि राई, खरसाङ मह्कुमा युवा मोर्चा सचिव बिज्ञान मिश्र, समष्टि युवा मोर्चा सभापति दिब्या बम्जन, सचिव शरद थापा अनि पार्टीका कार्यकर्ताहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *