कालेबुङको पर्यटन स्थल रिसाबमा हिमपात, पर्यटकहरूमा खुशीको माहौल

कालेबुङ: कालेबुङ जिल्लाको मुख्य पर्यटन स्थल रिसाबमा आज असिना-पानीसँगै यो वर्षको अन्तमा पहिलोपल्ट हिमपात भएको छ‌। आज अपरान्हदेखि परेको हिमपातले क्षेत्रमा घुम्न आएका पर्यटकहरूमा खुशी माहौल छाएको छ भने तिनीहरूले हिँउको आनन्द उठाइरहेका छन्। कालेबुङ शहरदेखि लगभग 22 किलोमिटर टाडोमा अवस्थित रिसाबमा आज बिहानदेखि नै अचानक मौसम बिग्रेको थियो। आज बिहान क्षेत्रको तापमान न्युनतम 2 डिग्री रहेको थियो भने अधिकतम तापमान 17 डिग्री सेल्सियस रहेको छ।


गत वर्षहरू भन्दा यस वर्ष एक सप्ताह अघि नै हिउँ परेको स्थानीय मानिसहरू बताउँछन्। क्रिसमसको अवसरमा हाल रिसापमा घुम्न आउने पर्यटकहरूको संख्या अधिक रहेको छ। विशेष गरेर हिमपातको आनन्द उठाउनको लागि नै क्रिसमस अथवा नयाँ वर्षको अवसरमा पर्यटकहरू पहाड घुम्न आउने गर्छन्। क्षेत्रमा हिमपात शुरू भएकोले जाडो अधिक बढेर गएको छ। यद्यपि आज हिउँ परेपछि स्थानीय मानिसहरू लगायत पर्यटकहरूले मौसमको आनन्द लिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *