कालेबुङको रेलीमा दुई दिने कृषि मेलाको आयोजना

कालेबुङ : कालेबुङ रेली मिसन टारको मैदानमा दुई दिवसीय कृषि मेला शुरू भएको छ। रेली मेला कमिटी अनि जीटीए कृषि विभागको संयुक्त पहलमा रेली मैदानमा आयोजना गरिएको उक्त दुईदिने कृषि मेलाको जीटीए मुख्य कार्यपाल अनित थापाले विधिवत् रूपमा उद्घाटन गरे। दुई दिने कृषि मेलामा विभिन्न सम्बन्धित विभाग, संस्था तथा कृषकहरूले आ-आफ्नो स्टलहरू राखेका थिए।


उक्त मेलामा गाई, बाख्रा, कुखुरा, माछा लगायत अन्य विविध जिनिसहरू प्रदर्शनीमा राखिएको छ। यस अवसरमा जीटीए उप-कार्यपाल सञ्चवीर सुब्बा, विधायक रुदेन लेप्चा, जीटीए कृषि विभागका कार्यकारी सभासद सतीश पोख्रेल, नगरपालिका प्रशासक रवि प्रधान लगायत अन्य सभासद तथा अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *