कालेबुङको सालिमबोङबाट 40 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर हिल टीएमसी-मा सामेल

कालेबुङ: नगरपालिका चुनाउको मुखैमा कालेबुङ नगरपालिकाको 16 नम्बर वार्डस्थित सालिमबोङ गाउँबाट 40 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा त्यागेर हिल तृणमूल कङ्ग्रेसमा सामेल भएको छ। हिल तृणमूल कङ्ग्रेस ब्लक (एक) सचिव सुरज छेत्रीले सञ्चालन गरेको एउटा सभामा तिनीहरूलाई दलीय झन्डा प्रदान गरेर पार्टीका उपस्थित नेताहरूले स्वागत जनाए। यस अवसरमा हिल तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला समिति संयोजक सुमन गुरुङ, कालेबुङ नारी एकाई अध्यक्ष ज्योती राई, ब्लक एक-का अध्यक्ष दिनेश राई, युवा ब्लक एक-का अध्यक्ष आशिष थापा, कालेबुङ टाउन कार्यकारिणी अध्यक्ष रवि छेत्री, टाउन प्रवक्ता प्रविन्द्र छेत्री, 35 नम्बर समष्टि को-अर्डिनेटर रोहित खाती, जोइन्ट को-अर्डिनेटर प्रकाश राई, 16 नम्बर वार्ड अध्यक्ष रमेश छेत्री, वार्ड 15 का वार्ड अध्यक्ष रमेश छेत्री लगायत पार्टी कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *