कालेबुङ लाभामा वाहन दुर्घटना, चालकको मृत्यु, धेरैजना घाइते

लाभा: कालेबुङदेखि गीतकोलबुङ तर्फ गइरहेको यात्री वाहन (WB 78 0564) आज अपरान्ह 4 बजे लाभा बजार नजिक नौ माइल आइपुग्दा सड़कबाट लगभग 300 फिट मुनि झऱ्यो। उक्त दुर्घटनामा वाहन चालकको घटना स्थलमै मृत्यु भएको छ भने अन्य 14 जना यात्रीहरू गम्भीर रूपमा घाइते भएका छन्। मृतक चालक गीतकोलबुङ निवासी कृष्ण बहादुर सुनुवारको 30 बर्षीय छोरो जीवन सुनुवारको रूपमा चिन्हित गरिएको छ। लाभा ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसन अनि लाभाका युथहरूद्वारा घाइते यात्रीहरूलाई दुर्घटना स्थलबाट निकालेर कालेबुङ जिल्ला अस्पतालमा पठाइएको लाभा ट्याक्सी ड्राइभर वेलफेयर एसोसिएसन अध्यक्ष फुर्बा तामाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *