कालेबुङ लोअर बमबस्तीमा ‘द्वारे सरकार’ शिविरको आयोजना

कालेबुङ :  कालेबुङ सहरदेखि लगभग 2 किलोमिटर टाढामा रहेको लोअर बमबस्ती गैरी गाउँको गणेश स्कुलमा राज्य सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरूलाई लिएर द्वारे सरकार शिविरको आयोजना गरियो। यस अवसरमा हेल्थ, आईसीडीएस, खण्ड विकास कार्यालय लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थितिमा सरकारद्वारा प्रदान गरिएको योजनाहरूबारे धेरै संख्यामा उपस्थित मानिसहरूलाई जानकारी गराउँदै यसको लाभ उठाउने आहवान गरे। शिविरमा भेला भएका मानिसहरूलाई विभिन्न विभागका सम्बन्धित अधिकारीहरूले राज्य सरकारबाट पाउने साहुलियत तथा सुविधाहरूबारे विस्तृत रूपमा जानकारी गराए।


विशेष गरेर राज्य भरिकै मानिसहरूले सरकारद्वारा प्रदान गरिएको खाद्य साथी, स्वास्थ्य साथी, जनजाति प्रमाणपत्र, शिक्षाश्री, कन्याश्री, रूपाश्री, मनरेगा, कृषक बन्धु योजना आदि जस्ता योजनाहरूको विषयमा शिविरमा उपस्थित जनसाधारणलाई जानकारी गराउनको साथै यसबाट कसरी सुविधा पाउन सकिन्छ भन्नेबारे अवगत गराइयो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *