कालेबुङमा 100 भन्दा अधिक परिवार भाजपा-मा सामेल

कालेबुङ : विभिन्न पार्टी छोडेर कालेबुङ नगरपालिका क्षेत्रका विभिन्न वार्डबाट लगभग 100 भन्दा अधिक परिवार भाजपा-मा सामेल भएको छ। भाजपा कालेबुङ टाउन संयोजक बिरेन भुजेल, टाउन-2 मण्डल सभापति अर्पण गुरुङ, महासचिव अशोक छेत्रीको नेतृत्वमा कालेबुङ नगरपालिका क्षेत्रका विभिन्न वार्डबाट लगभग 100 भन्दा अधिक परिवारले राज्यका सत्तारुढ दल तृणमूल कङ्ग्रेस, भारतीय प्रजातान्त्रिक मोर्चा त्यागेर भाजपा-मा सामेल भएको छ। पार्टीमा सामेल हुनेहरूलाई सांसद राजु विष्ट अनि जिल्ला समिति अध्यक्ष कल्याण देवानले दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *