कालेबुङमा अल क्रिश्चियन माइनोरिटी वेलफेयर अर्गनाइजेशन गठन

कालेबुङ: अल क्रिश्चियन माइनोरिटी वेलफेयर अर्गनाइजेशनको घोषणा गरियो। कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयको प्रेक्षालयमा सम्पन्न एउटा सभामा उक्त घोषणा गरिएको हो। सभामा कालेबुङ जिल्ला अन्तर्गत खण्ड 1,2 र 3 का विभिन्न मण्डलीहरू क्रमैले रोमन क्याथोलिक, सीएनआई, युसीएनआई, प्रेस्विटेरियन र विभिन्न पेन्टिकोस्टल डिनोमिनेसनहरूको  उपस्थितिमा सम्पन्न उक्त सभाको अध्यक्षता रेभ. सलोन कार्थकले गरेका थिए भने कार्यक्रमलाई रूथ गुरुङले सञ्चालन गरेकी थिइन। सरकारी पक्षबाट पञ्जीकृत यस संगठनको मूल उद्देश्य विशेष रूपमा सम्पूर्ण ईसाईहरूमाझ प्रेम, एकता र सद्भावनाको बीजारोपण गर्दै एउटै छहारीमुनि रहेर समाज र देशको निम्ति एउटा उदाहरण बन्नु रहेको छ। त्यसरी नै समस्त ईसाई समाजको आत्मिक, आर्थिक, राजनैतिक, भाषिक, सामाजिक विकास गर्नु रहेको छ। रेभ मार्टिन मिश्रद्वारा शुरू भएको यस सभामा बम स्वपालित मण्डलीका क्वायर झुण्डले दुईवटा भजनहरू प्रस्तुत गरेका थिए भने नवोदित गायिका मेरिना लेप्चाले पनि सुमधुर एकल गीत प्रस्तुत गरिन्।


सभाको अध्यक्ष रेभ सलोन कार्थकद्वारा विधिवत घोषणा भएको उक्त सभामा स्वागत भाषण पास्टर ईजिकियल खत्रीले राखेका थिए भने धन्यवादको वक्तव्य पास्टर अनुप रोकाले राखेका थिए। नवगठित इसाई संगठन अल क्रिश्चियन माइनोरिटी वेलफेयर अर्गनाइजेशन र यसको कार्यकारीणी सदस्यहरूको निम्ति  आशिष र शुभकामना दिँदै विशेष प्रार्थना गरियो भने बाईबलबाट रेभ सामुयल लेप्चाद्वारा वचन प्रचार गरेका थिए। संगठनको केन्द्रीय समितिमा मोठ 12 जना सल्लाहकार, 21 जना कोर कमिटी सदस्यहरू, 40 जना केन्द्रीय सदस्यहरू, विभिन्न दसवटा विभागको निम्ति मुख्य संयोजकहरू रहने, संगठनमा पदाधिकारीवर्गको चयनसहित घोषणा गरिएको थियो भने अन्य रिक्त पदहरूमा प्रत्येक खण्ड अधीनस्थ युनिटहरूको गठन पछिबाट  नियुक्त गरिने जानकारी संगठनको मुख्य सचिव दिपक सोलोमन राईद्वारा जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *