कालेबुङमा भएको दम्पति हत्याकाण्डका आरोपी पक्राउ

कालेबुङ: कालेबुङको 3 माइलस्थित लोअर टासिडिङमा भएको दम्पति हत्याकाण्डका आरोपीलाई पुलिसले पक्राउ गरेपछि आज जिल्ला अदालतमा पेश गर्यो। पक्रा परेका आरोपी कालेबुङको 3 माइल निवासी 33 वर्षीय कृष्ण प्रधानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो राति कालेबुङ जिल्ला पुलिसले दम्पति हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपी कृष्ण प्रधानले ती दुई दम्पतिको हत्या आफूले गरेको कुरा स्वीकारेको पुलिस सूत्रले जनाएको छ। स्मरण रहोस्, गत 28 दिसम्बरमा कालेबुङको 3 माइलस्थित लोअर टासिडिङमा 68 वर्षीय खड्गबहादुर खड्का उर्फ शम्भु छेत्री र 47 वर्षीय विष्णु छेत्री नाम गरेको दुई दम्पतिको जघन्य हत्या भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *