कालेबुङमा एकजना युवकको हत्या

कालेबुङ: कालेबुङमा एकजना युवकको हत्या भएको घटनाले सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार कालेबुङ 10 माईल निवासी निकिल तामाङ नयाँ वर्ष मनाउको लागि घरबाट गत 31 दिसम्बरको दिन गाडीमा निस्किएका थिए। आज दिउँसो तिनको शव कालेबुङको बिद्याङ प्राचीन झोडाबाट उद्धार गरेको छ।


मृतक व्यक्तिलाई कसैले हत्या गरेको हुन सक्ने प्राथमिक छानबिन पछि आशंका गरिएको तथापि तिनले आत्महत्या गरेको हो अथवा आत्महत्या गरेको हो भन्नेबारे हालसम्म स्पष्ट नभएको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार घटना स्थलबाट शव उद्धार गरेर पोस्टमर्टमको लागि पठाउनको साथै घटनाबारे पुलिसले छानबिन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *