कालेबुङमा कवि अगमसिंह गिरीको 93औँ जन्म जयन्ती भव्य रूपमा पालन

कालेबुङ : कवि अगमसिंह गिरीको 93औँ जन्म जयन्तीको शुभ अवसरमा सालिग निर्माण समिति कालेबुङको आयोजनामा आज कालेबुङको मुटु मानिने त्रिकोण पार्कमा तिनको सालिग अनावरण गरियो। कवि अगमसिंह गिरीको सालिग अनावरणपछि कालेबुङ रामकृष्ण रंगमंच (टाउन हल)-मा गिरीको 93औँ जन्म जयन्ती भव्य रूपमा पालन गरियो। कवि गिरीको 93औँ जन्म जयन्ती समारोहमा मुख्य अतिथिको रूपमा दार्जिलिङ हिल युनिभर्सिटीका पहिलो उपकुलपति एवम् कालेबुङ महाविद्यालयका प्राचार्य डा. राजेन्द्र प्रसाद ढकाल उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा कवि अगम सिंह गिरीकी छोरी स्मृति गिरी, डा. हर्क बहादुर छेत्री, नगरपालिका अध्यक्ष रवी प्रधान, नेपाली साहित्य अध्ययन समिति अध्यक्ष ज्ञयान सुधार लगायत कालेबुङका सबै संघ-संस्थाका प्रतिनिधिहरू, साहित्यकारहरू, राजनैतिक दलका प्रतिनिधिहरू, सबै अग्रज, सबै स्रष्टाहरू अनि साहित्यप्रेमी, भाषा अनि जातिप्रेमीहरूको विशेष उपस्थिति रहेको थियो।

यसैगरी आज गिरी जयन्ती समारोह कार्यक्रममा माटोको मायाअनि बास सल्किरहेछजस्ता चर्चित उपन्यासका लेखक भगीरथ रावतलाई साहित्य सम्मान अनि शिक्षाविद् कुमार छेत्रीलाई शिक्षा सम्मान प्रदान गरियो। कवि अगम सिंह गिरीकी छोरी स्मृति गिरीलाई सम्मान गरिएको अध्यक्ष भुवन पी. खनालले जनाए। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes