कालेबुङमा मङ्गल सिंह राजपुतलाई श्रद्धाञ्जलि

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा 2-को पक्षबाट आज कालेबुङस्थित मङ्गल सिंह राजपुतको वेदी परिसरमा पुगेर तिनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले श्रद्धाञ्जलि चढाए। गोर्खा जनमुक्ति मोर्चा 2 कालेबुङ जिल्ला अध्यक्ष सीबी गुरूङले पनि मङ्गल सिंह राजपुतलाई तिनको वेदीमा गएर फुल माला चढाउनको साथै श्रद्धाञ्जलि दिएपछि मङ्गल सिंह गोर्खाल्याण्ड आन्दोलनका एकजना शहीद हुन् भनी बताए। यस अवसरमा तिनले अझ भने, गोर्खाल्यान्डको आन्दोलन आज पनि जारी छ तर आन्दोलन गर्ने तरिका परिवर्तन भएको छ। अबको अलग राज्यको आन्दोलनमा कोही पनि शहीद हुने छैन। स्मरण रहोस्, अलग राज्य गोर्खाल्याण्डको मागमा गत 8 वर्ष अघि कालेबुङका मङ्गल सिंहले आफ्नै शरीरमा मट्टीतेल खनाएपछि आगो लगाएर आत्मदाह गरेका थिए। गोर्खाल्याण्डको लागि आत्मदाह गर्ने तिनी नै पहिलो व्यक्ति थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *