कालेबुङमा पहिलो वैशाख नेपाली नयाँ वर्षको तयारी युद्धस्तरमा

कालेबुङ (निसं) आगामी पहिलो वैशाख नेपाली नयाँ वर्ष भव्य रूपमा यस वर्ष पनि पालन गरिने भएको छ। यस अवसरमा कालेबुङमा एउटा भव्य शोभायात्रा निकालिइने भएकोले गर्दा यसको तयारी हाल युद्धस्तरमा चलिरहेको छ। कालेबुङ शहरको विभिन्न ठाउँहरुमा ब्यानर र फ्लेक्स लगाइने काम भएको छ भने पहिलो वैशाखलाई केन्द्र गर्दै अनि नेपालको पोएट आइडलका प्रतियोगी पल्लविबलाई सपोर्ट गर्न यहाँको डम्बर चौकमा कवि गोष्ठी अनि गीत सङ्गीत कार्यक्रमको पनि आयोजना गरिएको छ। पहिलो वैशाकको लागि तयारी हाल युद्धस्तरमा धमाधम भइरहेको आयोजक समितिका संयोजक सुधिर घलेले जानकारी गराउँदै सबैलाई उक्त दिन उपस्थित भइदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *