कालेबुङमा पार्टी कार्यालय तोड़फोड गरेको प्रतिवादमा खरसाङ बजारमा पोष्टरिङ

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय अनित खेमाको कालेबुङ जिल्ला पार्टी कार्यालय तोड़फोड गरिएको प्रतिवादमा आज विद्यार्थी मोर्चाले खरसाङमा बजारमा पोष्टरिङ गरेको छ। विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिले कालेबुङको घटनाको विरोधमा पोष्टरिङ गरेपछि खरसाङ थानामा गएर दोषीहरूलाई कार्वाही गरिनु पर्ने मागमा ज्ञापन पत्र पनि दिएको छ। पोस्टरिङ र पुलिस प्रशासन समक्ष ज्ञापन पत्र दिएपछि पत्रकारहरूसित कुराकानी गर्दै विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिका महासचिव दयाराम शर्माले पार्टीको कालेबुङ जिल्ला कार्यालय तोड़फोड़ भएको घटनाको घोर विरोध जनाउँदै यस्ता अशान्ति फैलाउने कुतत्वहरूमाथि पुलिस प्रशासनद्वारा कड़ा कार्वाही गरिनुपर्छ भनी तिनले माग गरेका छन्। तिनले अझ भने, हामीले 2017 देखि यता पहाड़मा नयाँ सोंच र नयाँ विचारको साथमा पहाड़लाई नयाँ विकासको पथमा लगेको छौ र यहाँको शैक्षिक, आर्थिक, राजनैतिक र अन्य क्षेत्रहरूमा विस्तारै विकास कार्यहरू भईरहेको छ। तर यसरी अशान्ति फैलाउने कुतत्त्वहरूले गर्दा पहाड़ पछाड़ी धकेल्दैछ र यस्ता अशान्ति सृजना गर्नेहरूको घोर भर्त्सना जनाउँछौं।  तिनीहरू विरूद्धमा कड़ा कार्वाही हुनुपर्छ नत्र विद्यार्थी मोर्चाले आन्दोलन गर्ने पनि तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *