कालेबुङमा शहीद मंगल सिंह राजपुत मार्गको शिलान्यास

कालेबुङ: कालेबुङको ३४ नम्बर समष्टि अन्तर्गत डाक्टर ग्राहम्स होम्स ब्लक डी-मा शहीद मंगल सिंह राजपुत मार्गको आज शिलान्यास गरियो। यस कार्यक्रममा कालेबुङ जिल्ला युवा मोर्चा अध्यक्ष तथा 34 नम्बर समष्टि संयोजक बिदुर राई, समष्टि सभापति अनिल शंखर, सचिव फुर्बा भुटिया, नारी मोर्चा सचिव सुनिता भुजेल, 34 नम्बर समष्टि नारी सभानेत्री बिनिता लामिछाने, कालेबुङ जिल्ला युवा मोर्चा उपाध्यक्ष बिनय दियाली, समष्टि युवा मोर्चा अध्यक्ष फुर्बा शेर्पा, बिद्यार्थी मोर्चा केन्द्रिय समिति सचिव प्रजय राई, लगयत समष्टि समिति प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्मरण रहोस, बिगत 2013-को गोर्खाल्यान्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिएर शहीद भएका मंगल सिंह राजपुत गोर्खाको नाममा होम्स ब्लक डी-मा सडक निर्माणको शिलान्यास तिनकी धर्मपत्नी श्रीमती मन्जु राजपुतको बाहुलीबाट रिबन काटेर सम्पन्न गरियो। उक्त कार्यको निम्ति सम्पूर्ण गाउँवासीले जीटीए अध्यक्ष अनित थापाप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *