कालेबुङमा तीन दिवसीय साङ्केतिक भोक हडताल आजदेखि शुरू

कालेबुङ: गार्जेन फोरम कालेबुङको आयोजनामा आजदेखि तीन दिवसीय साङ्केतिक भोक हडताल आरम्भ गरिएको छ। साङ्केतिक भोक हडतालमा बसेका गार्जेन फोरमका अध्यक्ष अनिल लोप्चनले बताए अनुसार भोक हडताल बस्नुको प्रमुख कारणहरु कक्षा एकदेखि कक्षा आठसम्म सरकारी एडेड विद्यालयहरुमा सरकारबाट नि:शुल्क शिक्षा व्यवस्था गरिएको भएता पनि स्थानीय विद्यालयहरुले हजार हजार रूपियाँ शुल्कको रूपमा उठाइरहेको आरोप लगाइएको छ। सरकारको आदेश अनुसार 240 रुपियाँ डेभलपमेन्ट शुल्कको रुपमा उठाउन सक्छ। यसैले शुल्क घटाएर 240 हुनपर्छ भन्ने अभिभावक मञ्चको माग रहेको छ। त्यसरी नै, जीटीए क्षेत्रका स्कुलहरुमा अवैद्य तरिकामा भोलेन्टियर टिचरहरुको भेरिफिकेशन गरेर, मौखिक अनि लिखित अन्तर्वार्ता नलिइ आफ्नै मान्छेलाई मात्रै नियुक्ति दिने प्रथा बन्द गरिनु पर्ने अनि यहाँ रिजनल एसएससी गठन गरिनु पर्ने माग गरेको छ। यी सबै विषय माथि सरकारको ध्यान आकर्षण गर्न आजदेखि 6 अप्रेलसम्म यो सांकेतिक भोक हडताल जारी रहने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *