कालेबुङ नगरपालिका अध्यक्षद्वारा 16 नम्बर वार्डको पैह्रो क्षेत्रहरूको निरीक्षण

कालेबुङ: लगतार परिरहेको पानीको कारण पहाडका विभिन्न क्षेत्रहरू हाल पैह्रोग्रस्त बनेको छ। यसरी नै कालेबुङ वार्ड नम्बर 16 अन्तर्गत पर्ने विभिन्न ठाउँमा पैह्रोले पुर्‍याएको क्षति अनि मानिसहरूको समस्याबारे जानकारी लिनको लागि आज नगरपालिका अध्यक्ष रबि प्रधानले यहाँको स्थलगत भ्रमण गरे। क्षेत्रबासीले पैह्रो ग्रस्त क्षेत्रको भ्रमण गरिदिने आग्रह गरेपछि आज अध्यक्ष प्रधानले सम्पूर्ण क्षेत्रको निरीक्षण गर्दै क्षतिग्रस्त ठाउँहरूको चाँडै मरमति गरिदिने क्षेत्रवासीलाई आश्वासन पनि दिएका छन्। वार्ड नम्बर 16-को विभिन्न ठाउँहरूमा लगातार परेको अत्याधिक पानीको कारण यहाँको झोडाहरू बढेर पुर्‍याएको क्षतिको तिनले आज निरीक्षण गरे। यस अवधि गाउँलेहरूले तिनलाई स्वागत जनाउँदै क्षेत्रको विविध समस्याहरू सुनाउनको साथै यसको समाधान गरिदिने अपील गरेका छन्। विशेष गरेर नगरपालिका अध्यक्ष रवि प्रधान उक्त वार्डमा हाउस फर अल योजना अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गर्न पुगेका थिए। तिनले हाउस फर अल योजना अन्तर्गत निर्माण गरिएको नव निर्मित घर स्थानीय दिपेश छेत्रीलाई हस्तान्तरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *