कालेबुङ: हाउस फर अल योजना अर्थात् राज्य सरकारले ‘बङ्ग्लार बाडी’ नाम दिएको योजना अन्तर्गत कालेबुङ नगरपालिकाले सत्र 2019-20-को स्किममा एकै पल्टमा 6 सय 50 वटा घरहरू कालेबुङको निम्ति पाएको थियो। जसमार्फत 1 सय 67 जना लाभार्थीहरूको घर निर्माण कार्य अघिबाटै थालिएको छ भने रहलको दस्तावेज नबुझाइएको कारण थाँती मै रहेको बताइएको छ। यसैगरी, आज फेरि सम्बन्धित कागज-पत्र बुझाउने 2 सय 74 जना लाभार्थीहरूलाई योजनाबारे अवगत गराउँदै घर निर्माणको निम्ति प्रमाण पत्र वितरण गरियो। यस वाहेक रहल 209 जना लाभार्थीहरूले पनि चाँडै दस्तावेज बुझाइदिने कालेबुङ नगरपलिका अध्यक्ष रवि प्रधानले अपील गरेका छन्।
