कालेबुङ पेदोङका राइफलम्यान प्रवीण तामाङ सहिद

पेदोङ: कालेबुङको पेदोङ साक्योङ ग्राम पञ्चायत मैरुङ फरेस्ट बस्ती निवासी राइफलम्यान प्रवीण तामाङ सहिद भएका छन्। कुमार तामाङ (पिता) अनि स्वर्गीय पेम्पा तामाङ (आमा) -को छोरा राइफलम्यान प्रवीण तामाङ 3 जेएके राइफलमा कार्यरत थिए भने असममा भारत-भुटान सिमाना नजिक गाडी दुर्घटनामा परेर तिनी सहिद बनेको जानकारी प्राप्त भएको छ। भारतीय सेनामा 2012 मा भर्ना भएर देशको सेवा गर्दै आइरहेका प्रवीण तामाङले आफुपछि परिवारमा आफ्नो पत्नी अनि 8 महिनाको छोरो लगायत बाबा, दुई जना बहिनीहरुलाई छोडी गएका छ्न्। तिनको निधनले इलाकामा नै शोकको लहर छाएको छ। तिनको पार्थिव शरीर आज मंगलवार रातिसम्म घरमा ल्याइ पुऱ्याउने सम्भावना रहेको गाउँले सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *