कालेबुङ पुलिसको विदावारी, नर्थ बेङ्गाल आर्म्ड पुलिस फाइनलमा प्रवेश

मङपु : मङपु युथ क्लबको आयोजनामा सम्पन्न प्रथम सेमिफाइनल खेलमा आज कालेबुङ पुलिसलाई पराजित गरेर नर्थ बेङ्गाल आर्म्ड पुलिस मङपु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्यो। मङपु जनमैदानमामा आज खेलिएको पहिलो सेमिफाइनल खेलको 32औ मिनटमा नर्थ बेङ्गाल आर्म्ड पुलिसका खेलाडी दिनार नार्जेनेरीले विपक्षीको गोलपोस्टमा सुन्दर गोल गरेर आफ्नो दललाई 1 गोलको बढत दिलाए। दोस्रो हाफको खेलमा नर्थ बेङ्गाल आर्म्ड पुलिसका खेलाडी तारकले गोल गरेर आफ्नो दललाई 2 गोलले अघि बढाए भने यसको लगत्तै कालेबुङ पुलिसका खेलाडी टी लेप्चाले 75औँ मिनटमा आकर्षक गोल गरेर स्कोर 2-1 मा पुर्‍याए।


यसपछि खेलको अन्तसम्म पनि दुवै दलका खेलाडीहरूले गोल गर्न नसकेपछि नर्थ बेङ्गाल आर्म्ड पुलिस विजयी बन्यो। भोलि शुक्रबार दोस्रो सेमिफाइनल खेल युनाइटेड ब्रदर्स कालेबुङ बनाम ब्राइट स्पोर्टिङ सिलगढीमाझ सम्पन्न हुनेछ। आजको खेलमा म्यान अफ द म्याच नर्थ बेङ्गाल आर्म्ड पुलिसका खेलाडी सनातन कर्मकरलाई चयन गरेर ट्रफी प्रदान गरियो। उक्त गोल्डको फुटबल प्रतियोगोगिताको फाइनल खेल आगामी 28 नोभेम्बरको दिन मङपु जनमैदानमा  सम्पन्न  हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *