कालेबुङ रत्न पुरस्कार प्रा. टीबी सुब्बालाई र एक्सिलेन्स इन जर्नलिजम पुरस्कार पत्रकार सञ्जय प्रधानलाई प्रदान

कालेबुङ: कालेबुङ प्रेस क्लबद्वारा प्रदान गरिने आठौं कालेबुङ रत्न पुरस्कार आज एउटा कार्यक्रमबीच सिक्किम विश्वविद्यालयका पूर्व उपकुलपति टीबी सुब्बालाई अनि एक्सिलेन्स इन जर्नलिजम पुरस्कार खरसाङका प्रतिष्ठित तथा निर्भिक पत्रकार सञ्जय प्रधानलाई प्रदान गरियो।


उक्त कार्यक्रमका मुख्य अतिथि डीटी तामलोङ, नगरपालिका अध्यक्ष रवि प्रधान, अतिरिक्त जिल्ला पुलिस अधिकारी शुभवन्ती, डीएसपी सरिता परियार, सभासद हेमन्त राई, पीआरओ अनुप छेत्री आदिको बाहुलीबाट प्रापकद्वयलाई सम्मान पनि जनाइयो। यस अवसरमा सिक्किम, दार्जिलिङ, खरसाङ, कालेबुङ आदिका पत्रकारहरु लगायत विभिन्न सङ्घ-संस्थाका पदाधिकारीगणको पनि उपस्थिती रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *