कालेबुङ सहरबाट हराएको स्कुटी सहित चोर पक्राउ

कालेबुङ: कालेबुङबाट हराएको स्कुटीसहित चोरी गर्ने युवकलाई सिलगढीको आमतलाबाट पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार कालेबुङ सहरस्थित ऋषि रोडबाट गत 4 फरवरी 2022 को दिन व्यवसायी प्रतिश अग्रवालको एउटा स्कुटी चोरी भएको थियो भने उक्त स्कुटी चोरी भएकोबारे कालेबुङ थानामा प्राथमिकी दर्ता गरिएको थियो।


यसपछि कालेबुङ जिल्ला पुलिसले घटनाको छानबिन गर्दै सीसी टीभी फुटेजमा हेर्दा एकजना युवकले स्कुटी चोरेर सिलगढीतर्फ लगेको थाहा पाए। यसपछि सिलगढी भक्ति नगर थाना पुलिसको सहयोगमा त्यहाँको आमतलाबाट चोरी गर्ने आरोपीलाई पक्राउ गरेपछि रिमान्डमा लिएर तिनलाई सोधखोज गर्दा हराएको स्कुटी फेला पारेको बताइएको छ। पक्रा पर्ने आरोपीको नाम एमबी कालुङ, कालेबुङ 10 माईल निवासी रहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *