कालेबुङ शहीद पार्कमा शहीद दिवस पालन

कालेबुङ : कालेबुङको शहीद पार्कमा पनि आज गोजमुमो विनय खेमाद्वारा शहीद दिवस पालन गरियो। यस अवसरमा गोजमुमो कालेबुङ जिल्ला समितिका सचिव विनय घिसिङ, युवा मोर्चा सचिव अमिर बस्नेत, पार्टी प्रवक्ता भुवन पी खनाल, संयोजक पङ्कज छेत्री लगायत कालेबुङ नगरपालिका चेयरम्यान रवी प्रधान तथा अन्य विभिन्न वार्डका पार्षद्हरू उपस्थित थिए। तिनीहरूले यहाँको शहीद वेदीमा गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको बलिदान दिने शहीदहरूप्रति फुलमाला चढाउनको साथै तिनीहरूलाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे।


यस अवसरमा नगरपालिका चेयरम्यान रवी प्रधानले कालेबुङको शहीद पार्कलाई पुनः निर्माण गरेर अझ राम्रो बनाउने साथै यहाँको शहीद वेदीमा शहीदहरूको नाम अङ्कित गरिने पनि बताए। तिनले शहीदहरूको त्याग र बलिदान त्यसै खेरो नजाने बताउँदै हामी सबैले तिनीहरूको त्याग र बलिदानको सम्मान गर्नुपर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *