कालेबुङ साक्योङ्गमा एउटा घरमा आगलागी हुँदा सर-समान जलेर नष्ट

कालेबुङ : कालेबुङ खण्ड दुई अन्तर्गत 40 नम्बर समष्टि स्थित मुल साक्योङ्ग, ओली गाउँ निवासी प्रकाश विश्वकर्मा (सिलाल)-को घरमा आज दिउँसो लगभग साढे एक बजी आगलागी हुँदा घरमा रहेको सर-समान लगायत आवश्यक कागजपत्र जलेर खरानी भएको छ। उक्त आगलागी के कारण भएको भन्नेबारे थाहा लागेको छैन। गोर्खा जनमुक्ति मोर्चा विनय खेमा 40 नम्बर समष्टि अध्यक्ष कमल सुब्बाले उक्त घटनामा दुख प्रकट गर्दै पीडित परिवारलाई सहयोग गर्ने सबैसित अपील गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *