कालेबुङ शहरमा कुणाल प्रधानविरुद्ध पोस्टरिङ

कालेबुङ: कालेबुङ नगरपालिका 1 नम्बर वार्डका पार्षद एवम् गोजमुमो बिनय खेमा कालेबुङ जिल्ला युवा उपाध्यक्ष कुणाल प्रधानले बिमल गुरूङलाई कालेबुङ भित्रिनु नदिने चेतावनी दिएको बयान सोसियल मिडियामा भाइरल भएपछि बिमल खेमा कालेबुङ जिल्ला समिति युवा अनि नारी मोर्चाले आज विरोध जनाएको छ।


कालेबुङ शहरको डम्बर चोकमा कुनाल प्रधान बिरूद्ध व्यापक पोष्टरिङ पनि गरिएको छ। बिमल खेमाका तोपदेन भोटियाले यसको स्पष्टीकरण गोजमुमो अध्यक्ष बिनय तामङ, महासचिव अनित थापा अनि कालेबुङ नगरपालिका चेयरम्यान रवि प्रधानले दिनु पर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *