कालेबुङ: ह्याल्पिङ ह्याण्ड्स सामाजिक संस्थाको तर्फबाट आज कालेबुङको सुदूरवर्ती क्षेत्र ग्यासोकमा विपन्न परिवारका नानीहरुलाई ब्याग वितरण गरियो। लोवर ग्यासोकको एसएसके पाठशाला परिसरमा गरिएको उक्त वितरण कार्यक्रम अवधि 25 जना महिलाहरुलाई सेनटेरी प्याड पनि वितरण गरियो। यस अवसरमा नि:शुल्क रुपमा प्याड पाउनुपर्ने मागलाई लिएर आफुहरुले जिल्ला अधिकारी अनि नगरपालिका अध्यक्षलाई ज्ञापन चडाएको अनि उचित आश्वासन पाएको कुरा संस्थाकी अध्यक्ष दिपिका छेत्रीले बताएकी छन्।
