कालेबुङ अल्ट्रा म्याराथन दौडमा सिलगढीकी प्रिया छेत्री पहिलो स्थानमा

सिलगढी : खोलाचन्द फाफ्री निवासी प्रिया छेत्रीले गत 22 अप्रेलमा कालेबुङमा रन विथ रोशनी फाउन्डेसनद्वारा आयोजित 65 किलोमीटरको कालेबुङ अल्ट्रा म्याराथन दौडमा पहिलो स्थान ओगट्न सफल बनेकी छन्। खोलाचन्द फाफ्री निवासी प्रकाश छेत्री अनि शिला छेत्रीकी कान्छी छोरी प्रिया छेत्रीले 65 किलोमिटरको अल्ट्रा म्याराथन दौड 8 घण्टा 29 सेकेन्डमा पुरा गरेर पहिलो स्थान ओगटेकी छन्। उक्त प्रतियोगितामा पहिलो स्थान ओगट्न सफल बनेकोमा फाउन्डेसनको तर्फबाट तिनलाई सर्टिफिकेट तथा 10 हजार रुपियाँ पुरस्कार प्रदान गरियो। उक्त उपलब्धिको लागि कञ्चनजङ्घा फुटबल क्लब सिलगढीको तर्फबाट प्रिया छेत्रीलाई बधाई दिँदै यसरी नै आगामी दिनमा पनि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा जीत हासिल गरेर हाम्रो समाज तथा उत्तर बङ्गालको नाम रोशन गर्न सकोस् भन्दै शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *