काली पुजाको अवसरमा राजगञ्ज थाना पुजा कमिटीद्वारा विविध समाजसेवामूलक कार्यक्रमको आयोजना

राजगञ्ज : काली पुजाको अवसरमा राजगञ्ज थाना पुजा कमिटीद्वारा विविध कार्यक्रमहरूको आयोजना गरिरहेको छ। यसै क्रममा आज पुजा कमिटीको तर्फबाट रक्तदान शिविर, आवश्यकमन्द मानिसहरूलाई कम्बल, मच्छरदानी वितरण, वृक्षारोपण, नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। रक्तदान शिविरमा पुलिस, सिभिक भोलेन्टियर, लगायत राजगञ्ज ब्लकको विभिन्न इलाकाका युवकहरूले रक्तदान गरे। यस अवसरमा अतिरिक्त पुलिस सुपर देवर्षी दत्त, विधायक खगेश्वर राय, जिल्लाका डीपीएससी चेयरम्यान लक्ष्यमोहन राय, बीडीओ पंकज कोनार, सीआई पंकज सरकार लगायत पुजा कमिटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *