काली पुजा र छठ पुजालाई लिएर मेयर गौतम देवले गरे बैठक

सिलगढी (निसं): सिलगढी नगर निगम काली पुजा अनि छठ पुजा सकुशल शान्तिपूर्वक ढंगमा सम्पन्न गराउनको लागि तयार रहेको छ। आज बिहिवार साँझ मेयर गौतम देवले सिलगढीको दिनबन्धु मञ्चको रामकिङ्कर हलमा सिलगढीको काली पुजा अनि छठ पुजाको आयोजक समितिका प्रतिनिधिहरूसित बैठक गरे। यस अवधि सिलगढीका महकुमा शासक प्रियंका सिंह, नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगर निगमका मेयर परिषद तथा पार्षद सहित पुलिस अधिकारी अनि दमकल विभाग र बिजली विभागका अधिकारीहरू पनि उपस्थित थिए। बैठकमा छठ पुजा अनि काली पुजालाई शान्तिपूर्ण तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा व्यापक चर्चा गरियो।

यस अवसरमा मेयर गौतम देवले भने, यो बैठक छठ पुजा अनि काली पुजालाई सुचारू रूपले सम्पन्न गराउनको लागि आयोजित गरिएको थियो। यस वाहेक, एसजेडीए अनि नगर निगमको तर्फबाट छठ पुजाको लागि छठ घाटहरूमा विशेष व्यवस्था गरिँदैछ। यसैगरी, केही ठाउँमा अस्थायी शौचालय साथै छठ घाटहरूलाई सुन्दर ढंगमा सजाइने छ।   

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes