कालियागञ्ज घटनाको विरोधमा भारतीय जनता तपशिली मोर्चा-द्वारा सिलगढीमा र्‍याली

सिलगढी : कालियागञ्जमा नाबालिकासित दुष्कर्म गरेपछि तिनको हत्या गरिदिएको घटनालाई केन्द्र गरेर आज फेरि कालियागञ्जमा उतप्तको माहौल देखापर्यो। आज भारतीय जनता तपशिली मोर्चाको तर्फबाट उक्त घटनाको प्रतिवाद जनाउँदै सिलगढीमा एउटा प्रतिवाद र्‍याली निकालिइयो। सिलगढीको भेनस मोड संलग्न इलाकाबाट एउटा र्‍याली निकालेर सहरको विभिन्न इलाकाको परिक्रमा गर्यो। विधायक शिखा च्याटर्जीले उक्त र्‍यालीको नेतृत्व गरेकी थिइन्। उक्त र्‍यालीमा उपस्थित मानिसहरूले राज्यको पुलिसको भूमिकालाई लिएर प्रश्न गर्नको साथै घटनाको सीबीआई जाँच गरिनुपर्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *