कालियागञ्ज घटनाको प्रतिवादमा भाजपा-को दार्जिलिङ सहरमा पोस्टरिङ

दार्जिलिङ (निसं): उतर दिनाजपुरको कालियागञ्जमा एकजना आदिवासी नाबालिकासँग भएको बलात्कार अनि हत्यामा पुलिस प्रशासन अनि राज्य सरकार दायी रहेको बताउँदै भाजपा दार्जीलिङ जिल्ला समितिले आज उक्त घटनाको विरोध स्वरुप दार्जिलिङ सहरमा पोस्टरिङ गरेको छ।


यस पोस्टरिङ अवधि भाजपा जिल्ला महासचिव सुजेन्द्र राई, जिल्ला कार्यकारी सदस्य रोशन गुरुङ, भाजयुमो राज्य कार्यकारी सदस्य संजीव लामा, भाजपा युवा मोर्चा जिल्ला अध्यक्ष निरज राई, कोषध्यक्ष सावन सुब्बा, जिल्ला सोसियल मिडिया सह संयोजक सञ्जय शर्मा, सदर 4 मण्डल अध्यक्ष भरत सुब्बा अनि अन्य कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *