कालियागञ्ज घटनालाई लिएर भाजपाद्वारा भोलि शुक्रबार 12 घण्टा बन्दको आहवान

सिलगढी : कालियागञ्ज घटनालाई लिएर भाजपाद्वारा भोलि शुक्रबार 12 घण्टा बन्दको आहवान गरेको छ। रायगञ्जमा भाजपाको धरना मञ्चबाट सांसद तथा पूर्व केन्द्रीय मन्त्री देवश्री चौधुरीले यसबारे जानकारी गराइन्। कालियागञ्जको राधिकापुर ग्राम पञ्चायतको चाँदगाउँमा भाजपा कार्यकर्ता मृत्युञ्जय बर्मनको मृत्युलाई लिएर बिहिबार बिहानदेखि भाजपाले आन्दोलन गरिरहेको छ। पुलिसले चलाएको गोली लागेर तिनको मृत्यु भएको भाजपाको आरोप रहेको छ। उक्त घटनाको प्रतिवादमा भाजपाद्वारा विभिन्न थाना अघि विक्षोभ प्रदर्शन गरिरहेको छ भने भोलि उत्तर बङ्गालमा 12 घण्टा बन्दको आहवान गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *