कालियागञ्ज काण्ड:  आईसी र उत्तर दिनाजपुरका पुलिस अधीक्षकलाई सस्पेन्ड गर्नको लागि राष्ट्रिय अनुसूचित जाति आयोगले आवेदन गर्ने

सिलगढी : कालियागञ्ज काण्डलाई लिएर राष्ट्रिय अनुसूचित जाति आयोगका उपाध्यक्ष अरुण हालदारले एकपल्ट फेरि राज्यको सत्तारूढ दलप्रति कटाक्ष कसे। तिनी आज बाघडुग्रा हवाई अड्डाबाट विमानमार्फत् दिल्लीतर्फ प्रस्थान गरे। दिल्ली प्रस्थान गर्न अघि तिनले हवाईअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै भने, उत्तर दिनाजपुरको कालियागञ्ज एउटी नाबालिकासित दुर्ष्कम गरेपछि तिनको हत्या गरिदिएको छ। यसबारे जानकारी पाएपछि पीडित परिवारका सदस्यहरूसित भेट गर्न आफू दिल्लीबाट यहाँ आए तापनि राज्य प्रशासनको कुनै पनि उच्च अधिकारी हालसम्म नआएकोमा म अचम्भित छु। आईजीपी, एसपी, डीएमलाई त्यहाँ उपस्थित हुने निर्देश दिए तापनि तिनीहरू आएनन्। यहाँसम्म कि मामिलाको आईओ अधिकारी पनि आएनन्। योजना बनाएर उक्त नाबालिकासित दुष्कर्म गरेको हो। घटनाको निष्पक्ष जाँचको लागि कालियागञ्जका आईसी तथा उत्तर दिनाजपुरका पुलिस अधीक्षकलाई सस्पेन्ड गर्नको लागि आयोगसित आवेदन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *