कालियागञ्ज काण्डको जाँचको लागि बाघडुग्रा आइपुग्यो राष्ट्रिय मानवाधिकार आयोगको टोली

बाघडुग्रा : कालियागञ्जमा नाबालिकासित दुष्कर्म, हत्या तथा पुलिसले चलाएको गोली लागेर मृत्युञ्जय बर्मनको मृत्यु भएको घटनाबारे जाँच गर्नको लागि राष्ट्रिय मानवाधिकार आयोगको एउटा प्रतिनिधि टोली आज दिल्लीबाट बाघडुग्रा हवाईअड्डामा आइपुगेको छ। आज 3 सदस्यको एउटा प्रतिनिधि टोली बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि सडक मार्ग भएर कलियागञ्जतर्फ प्रस्थान गर्यो। तीन सदस्यीय प्रतिनिधि टोलीमा कलबीर सिंह, रतन सरकार र अरुण त्यागी सामेल छन्। उक्त टोलीले कालियागञ्जमा भएको घटनाको छानबीन गरेपछि एउटा रिपोर्ट पेश गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *