कमाई गर्ने राजकुमार राय नै निखोज भएपछि परिवारका सदस्यहरू बिचल्नीमा

राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नागुरी ग्राम पञ्चायत कृष्णानगर कोलनी निवासी 35 वर्षीय राजकुमार राय गत 6 फरवरीदेखि निखोज भएका छन्। तिनी सिलगढीको एउटा ग्यारेजमा काम गर्दथे भने तिनको कमाईमा परिवारको भरण पोषण हुने गर्दथ्यो। घरमा तिनको स्वास्नी र एउटा छोरा रहेको छ। प्राप्त जानकारी अनुसार गत सरस्वती पुजाको एक दिनपछि तिनी आफ्ना छोरालाई लिनको लागि राति घरबाट निस्केपछि हालसम्म निखोज छन्। विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि स्वास्नी ज्योत्सना रायले गत 8 फरवरीमा आमबारी थानामा लोग्ने राजकुमार निखोज भएकोबारे एउटा अभियोग दर्ता गरे। स्वास्नी ज्योत्सना देवीले बताएअनुसार गत 6 फरवरीदेखि तिनका लोग्ने निखोज छन् भने आज 12 दिन बितिसक्दा पनि लोग्नेको कुनै पत्तो लागेको छैन। लोग्नेको कमाईले घर चल्ने गर्दथ्यो। एकातिर लोग्ने निखोज भएको चिन्ताले सताइरहेको छ भने अर्कोतिर आर्थिक अभावमा दिन बिताउन आफूहरू बाध्य भइरहेको छु भनी स्वास्नी ज्योत्सनाले बताइन्। अर्कोतिर, पुलिसले निखोज राजकुमारको खोजी गरिरहेको आमबारी आउटपोस्ट पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *