कामाख्यागढीमा सुन दोकानमा डकैतीको प्रयास

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कामाख्यागढीमा एउटा सुनको दोकानमा डकैती गर्ने प्रयास गरेको घटनाले इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार गत अबेर राति केही दुष्कृतिहरूले 2 जना सिभिक भोलेन्टियरलाई बाँधेर राखेपछि सुन दोकानको सर्टर भत्काउँदा छेवैको दोकानेले सर्टर भत्काको आवाज सुनेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर कुमारग्राम थाना अन्तर्गत कामाख्यागढी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेको थियो। पुलिस आएको थाहा पाएपछि दुष्कृतिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। जिल्ला पुलिस सुपर वाई रघुवंशीले बताएअनुसार इलाकाका मानिसहरू सतर्क रहेकोले गर्दा साथै पुलिस चाँडै घटनास्थलमा पुगेकोले गर्दा सुन दोकानमा डकैतीको प्रयास असफल भएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ भने दृष्कृतिहरूलाई चाँडै चिन्हित गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *