कमानका सह-प्रबन्धकलाई रिहा गर्नुपर्ने माग गर्दै श्रमिकहरूले गरे राष्ट्रिय राजमार्गमा पथ अवरोध

बानरहाट : बानरहाट पुलिस थाना अन्तर्गत पर्ने हल्दीबारी चियाकमानमा बिजुलीको करेन्ट लागेर हात्तीको मृत्यु भएको घटनालाई लिएर गत राति अचानक कुनै जानकारीबिनै गोरूमारा वन्यजीवि विभागले पुलिसको सहयोगमा अभियान चलाएर उक्त चियाकमानका सह-प्रबन्धक उदय नेवारलाई पक्राउ गरेको छ। उक्त घटनापछि कमानका प्रमुख प्रबन्धक निखोज भएका छन्। उक्त विषयलाई लिएर आज बिहान चियाकमान कार्यालय परिसरमा आक्रोश देखापर्यो। उक्त घटनाको विरोध गर्नको साथै चियाकमानका श्रमिकहरूले सह-प्रबन्धकलाई चाँडोभन्दा चाँडो रिहा गर्नुपर्ने माग गर्दै आज मोराघाट राष्ट्रिय राजमार्ग अवरोध गरे। उक्त पथ अवरोधले गर्दा यस मार्गमा घण्टौसम्म जामको समस्या देखापर्यो। प्राप्त जानकारीअनुसार चियाकमानको पक्षबाट अवैध रूपमा विद्यु जडान गरेकोले गर्दा नै हात्तीको मृत्यु भएको अभियोग लगाइएको छ। पक्रा परेका कमानका सह-प्रबन्धक उदय नेवारलाई आज अदालतमा पेश गरियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *