कामी विकास एवं सांस्कृतिक बोर्डद्वारा विभिन्न योजनाहरूको शिलान्यास

मिरिक: कामी बिकास एवं सांस्कृतिक बोर्डका अध्यक्ष केबी बराईली, उपाध्यक्ष यकीन लामीछाने र जस खातीले आज  तराई क्षेत्रको च्याँगा, निरपानीयाँ र नक्सलबाडी खण्ड अन्तर्गत पर्ने किलाराम जोतको परिभ्रमण गरे। भ्रमण अवधि च्याँगामा पिउने पानीको निम्ति ट्युबलेसको उद्घाटन गरे। यसरी नै निरपानीयाँ बस्तीको खर्बन्दीमा पनि पिउने पानी सर्वराहा योजनाको शिलान्यास गरे। अध्यक्ष बीके बराईलीले निरपानीयाँमा आजभन्दा अघि पनि विकाशका कार्यहरू गरेको तर बीचमा कतिपय कारणले आउन नसकेको बताए। बिकाश बोर्डको काम घर मात्र होइन, यो सेकेन्डेरी कुरा हो त्यो भन्द पहिला हामी कामीहरू एक जुटमा आउनु जरूरी छ भनी तिनले बताए। तिनले भने, कामी बिकाश बोर्डमा अरू जातिको बोर्डमा जस्तो फण्ड आउदैन र पनि राज्यका मुख्यमन्त्रीले हामीलाई माया गरेर दिइ राख्नु भएको छ। ममता ब्यानर्जीले बंगालमा सत्ता सम्हालेपछि मात्र हामीले जात जात चिन्न सक्यौ। हाम्रो संस्कार, संस्कृति चिन्न सक्यो। यसैगरी, उपाध्यक्ष यकीन लामीछामीले कामी जातिका युवाहरू एक भएर अघि आउनु पर्ने अह्वान गरे भने यसपलीको चुनाउमा तृणमूल कङ्ग्रेस लाई कामी जातिले पनि सहयोग पुऱ्याउनु पर्ने तिनले अनुरोध गरे। जस खातीले आफ्नो सम्बोधनमा भने, पानी सबैलाई चहिन्छ, यो पानीको सर्वराह भएपछि केवल कामी जातिले मात्र खाने होइन तर सबैको लागि हो। निरपानीयाँमा कामी जाति एक भएर बस्नु पर्ने अनुरोध गर्दै तिनले स्थानीय कामी जातिले निरपानीयाँमा बोर्डमार्फत निर्माण हुनपर्ने अवश्यक कुरोहरूको पनि अवगत गराए। भ्रमणको क्रममा नक्सलबारीको किलाराम जोतमा पनि कामी जातिकोको निम्ति श्मसान घाट (मुर्दा हट्टी ) को शिलान्यास गरे । किलाराम जोत नेपालीहरूको बहुल क्षेत्र रहेको र यहाँको प्रत्येक जातको अशुभकार्य अथवा कोही कसैको मृत्यु भएमा संस्कार गर्ने जगा रहेको छ। तर कामी जातिको नरहेको र कामी बोर्डले निर्माण गरिदिने भएकोमा किलाराम जोतका कामीहरूले धन्यवाद दिए। भ्रमण अवधि कामी बिकाश कल्चरल बोर्डका सदस्य शरण घतानीगीता विश्वकर्मा, गंगा दुतराज आदिको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *