कामी सांस्कृतिक विकास बोर्डका चेयरम्यान र भाइस चेयरम्यानलाई सिटोङमा सम्वर्द्धना

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोङमा पश्चिम बंगाल कामी सांस्कृतिक अनि विकास बोर्डका चेयरम्यान र भाइस चेयरम्यानलाई सम्वर्द्धना जनाइयो। खरसाङ खण्डको सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा कामी विकास बोर्डको सम्वर्द्धना कार्यक्रम कार्यक्रममा कामी सांस्कृतिक विकास बोर्डका चेयरम्यान केबी बराईली र भाइस चेयरम्यान याकिन लामिछाने विशेष रूपमा उपस्थित थिए। उक्त कार्यक्रमको अध्यक्षता शरण सिलालले गरेका थिए भने सञ्चालन दिपेन रसाईलीले गरेका थिए। कार्यक्रममा सिटोङ, मङ्पु, लाटपञ्चर, तकदाह, ग्वेनवर्ण, सिलगढी, सोनादा, कालेबुङ, मामरिङ, महल्दीराम आदि क्षेत्रका कामी सांस्कृतिक विकास बोर्डका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यसै कार्यक्रममा सम्पूर्ण सिटोङ क्षेत्रबाट पश्चिम बंगाल कामी सांस्कृतिक विकास बोर्डका चेयरम्यान केबी बराईली र भाइस चेयरम्यान यकीन लामिछानेलाई खदा लगाइदिँदै सम्वर्द्धना जनाइएको सिटोङका गुञ्जन रसाईलीले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *