कमिश्नर गौरव शर्माद्वारा एनजेपी थानामा महिला ब्यारेकको उद्घाटन

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर गौरव शर्माले पुलिसको बुनियादी ढाँचालाई सुव्यवस्थित बनाउनको लागि केही पहलहरू गरेका छन्। हाल सहरको ट्राफिक सुरक्षा लगायत कमिश्नरेट अन्तर्गत पर्ने सबै थानाहरूलाई नयाँ प्रकारले सजाइएको छ। महिला पुलिसको विश्राम घर लगायत धेरै समयदेखि रहिआएको विभिन्न समस्याहरू, थानामा महिला ब्यारेक नभएकोले गर्दा महिलाहरूलाई आराम गर्न तथा अन्य सम्बन्धित कार्यहरूको लागि अन्य ठाउँमा जान पर्दथ्यो। यसैले उक्त समस्याको समाधान गर्नको लागि कमिश्नरले पहल गरेको हो। पुलिस कमिश्नर गौरव शर्माले आज स्वतन्त्रता दिवसमा एनजेपी थानामा 10 वटा बेड भएको महिला पुलिस ब्यारेकको उद्घाटन गर्नको साथै ओसी कार्यालयको पनि उद्घाटन गरे। यस अवसरमा डीसीपी हेडक्वार्टर अमिताभ माइती, डीसीपी जय टुडू, एनजेपी थानाका ओसी समीर तामाङ लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए। डीसीपी जोन 1 जय टुडूले महिला पुलिसहरूको उक्त समस्या धेरै अघिदेखि नै रहे तापनि कुनै पहल गरिएको थिएन। पुलिस कमिश्नरको रूपमा गौरव शर्माले कार्यभार सम्हालेपछि महिला ब्यारेक बनाउने पहल गरेको साथै सबै थाना तथा पुलिस चौकीहरूमा उक्त ब्यारेकको निर्माण गर्नेबारे जोर दिएको तिनले बताए। यसबाहेक अन्य केही समस्याहरू रहेको छ भने ती सबै समस्याको चाँडै समाधान गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *